पर्वतका हेडसर छविलाललाई चुनाव प्रचारमा हिँडेपछि सोधियो स्पष्टीकरण
पर्वत | असोज ३१, २०७९
पोखराः श्री बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारी चुनावी प्रचारमा हिँडेको पाइएको छ ।
तिवारीले निर्वाचन आचारसंहिता विपरित राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचार गरेपछि निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको छ ।
आयोग पर्वतका निर्वाचन अधिकारी लक्षु शर्माले फलेवास ४ का तिवारीले २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण दिन भनेका छन् । आयोगका अनुसार तिवारीले सामाजिक सञ्जालमा उम्मेदवारहरुको प्रचार गर्दै पक्ष–विपक्षमा सामग्री पोष्टिएका छन् ।
आयोगका अनुसार तिवारी स्वयंलाई उपस्थित भई लिखित स्पष्टीकरण दिन भनिएको छ । अन्यथा, आचारसंहिता ०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारवाही किन गर्न नपर्ने हो ? भन्दै तिवारीलाई जानकारी गराइएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

